प्रेमिका फकाउने तरीका

चैत लाग्यो, छाइसक्यो बसन्त । तर तपाईंकी प्रेमिका र पत्नी भने वासन्ती हावामा मायावी हुन नसकेको महसुस पो गरिरहनु भएको छ कि ? हो, यो मौसम पनि यस्तै छ । 
माहौल त आफैँले बनाउने हो । प्रेमिकालाई खुशी पार्ने यी नौ तरिका तपाईंका लागि गुड फ्राइडे टिप्स हुन सक्छ किः
उसो त तपाईं जति काममा व्यस्त हुनुहुन्छ, प्रेमिकालाई त्यति नै मिस गरिरहेको फिल हुन्छ । यो कुरा तपाईंले पनि बुझ्नु पर्छ पहिले अनि पढ्नुस् यी केही टिप्सहरु ।
१. प्रेमिकाको प्रशंसामा कन्ज्युस्याइँ नगर्नुहोस् :
यसअघि तपाईं आफ्नी प्रेमिकाको कत्तिको प्रशंसा गर्ने गर्नुहुन्थ्यो । यदि थिएन भने प्रशंसा गर्न अब कत्ति पनि नहिचकिचाउनुहोस् । प्रशंसा गर्ने भन्दैमा जुन बेला, जहाँ भेट्यो त्यही पनि प्रशंसा नगर्नुहोस् । त्यसका लागि विशेष क्षण र समय आवश्यक पर्छ । जसका लागि तपाईंकी प्रेमिका तपाईंको प्रशंसा सुन्न आतुर हुन्छिन्, त्यस विषयमा तपाई आवश्यक भन्दा बढी नै चनाखो रहनुहोस् ।
त्यस्तो बेला तपाईंको सानो प्रशंसाले तपाईंकी प्रेमिकालाई लामो समयसम्म खुसी दिन सक्छ । उनको प्रशंसा गरेर उनी सुन्दर भएको भन्दै तारिफ गर्नुहोस्, परिणामस्वरुप तपाईंले तपाईंकी प्रेमिकाको अनुहारमा सधैँ मुस्कान देख्न सक्नुहुनेछ । ‘तिम्रो कपाल राम्रो छ’ भन्नुको सट्टा तपाईंले आफ्नी प्रेमिकाको कपाललाई विस्तारै सुमसुम्याउँदै ‘आहा ! , कस्तो राम्रो कपालको स्टाइल’ भन्नुभयो भने उनको मुहारमा तत्काल खुसी छाउँछ ।

२. उनका कुरामा समर्थन गर्नुहोस्ः
आफ्नी प्रेमिकाको समर्थन गर्न कहिल्यै पनि नडराउनुहोस् । तपाईंको साथ पाएको कारण नै तपाईंकी प्रेमिकामा केही काम गर्ने साहस बढेको हुनसक्छ । त्यसैले आफ्नी प्रेमिकाको चाहना बुझेर उनका काममा साथ दिनुहोस् ।
३. उनको आवश्यकता देखाइदिनुहोस्ः
हरेक युवती आफूलाई आफ्नो प्रेमीले महत्वपूर्ण ठानोस् भन्ने चाहन्छन् । आफूसँग भएका बेला अरुलाई ध्यान नदेओस् भन्ने उनीहको चाहना हुन्छ । त्यसैले प्रेमिका आफ्ना लागि महत्वपूर्ण भएको आभास गराउनुहोस् । उनलाई कहिल्यै अप्ठ्यारो परेको छि भन्नबारे राम्रोसँग बुझ्नुहोस् । बेलाबेला ‘तिमी मेरो संसार हौ’ जस्ता विशेषण भनेर उनलाई खुसी बनाउनुहोस् ।
४. फोन गर्न वा मेसेज लेख्न नहिचकिचाउनुहोस्ः
तपाईंले आफ्नी प्रेमिकालाई सकेसम्म फोन गर्नुहोस् । यदि भ्याउनुभएन भने मेसेज लेख्नुहोस् । प्रेमिकाले पठाएका मेसेजको जवाफ सकेसम्म छिटो दिनुहोस् । प्रेमिकासँग नभएको समयमा पनि उनलाई फोन गरेर वा मेसेज लेखेर खुसी राख्न सक्नुहुन्छ । त्यसैले उनलाई बारम्बार फोन गर्नुहोस् र मेसेज लेख्नुहोस् ।
५. मन नलागे पनि धैर्यताकासाथ उनका कुरा सुनिदिनुहोस्ः
प्रेमिकालाई खुसी राख्न बाझाबाझ गर्न छाड्नुहोस् र असल श्रोता बन्नुहोस्, त्यो चाहेर होस् या नचाहेर । यदि उनलाई तपाईंका केही बानी मन पर्दैनन् भने तिनलाई तत्कालै हटाउनुहोस् । उनको इच्छाबारे तपाईंले सुन्नुभयो भने उनमा पक्कै पनि खुसी छाउँने छ ।
६. समय–समयमा सरप्राइज दिनुहोस्ः
समय–समयमा आफ्नी प्रेमिकालाई विभिन्न सरप्राइज दिनुहोस् । कहिलेकाँही कुनै अवसर नभए पनि उपहार दिनुहोस् । कहिलेकाँही कुनै अवसर नै नपारी एउटा यस्तो योजना बनाइदिनुहोस्, जुन उनलाई मन लागेको होस् । यस्ता सरप्राइजले उनलाई खुसी राख्नेछ ।
७. फिस्स हाँस्न लोभ नगर्नुहोस्ः
प्रेमिकालाई खुसी राख्न तपाईंमा हँसाउन सक्ने खुबीको विकास गर्नुहोस्, जुन अति नै आवश्यक छ । गम्भीर कुरा मात्र गर्दा एक्लिएको महसुस हुनसक्छ । समय–समयमा प्रेमिकालाई दिल खोलेर हाँस्ने जोक्स सुनाउनुहोस् । उनी गम्भीर भएको समयमा पनि केही रमाइला कुरा सम्झाएर सकेसम्म उनलाई हँसाउनुहोस् । ताकि दुवै जनाको मायामा प्रगाढता आओस् ।
८. सामान्य भन्दा विशेष महत्व दिनुहोस्ः
आफ्नी प्रेमिकासँग अरु सामान्य मान्छेभन्दा अलि खुलेर नै कुरा गर्नुहोस् । आफ्ना बारेमा केही गोप्य कुरा छन् भने प्रेमिकासँग बाँड्नुहोस् । यसले गर्दा तपाईंको सम्बन्धमा विश्वास बढ्छ र सम्बन्ध झन् सुमधुर हुन्छ ।
९.सकेसम्म सम्मान गर्नुहोस्ः
कहिल्यै पनि आफ्नी प्रेमिकालाई हल्कारुपमा नलिनुहोस् । तपाईंकी प्रेमिका भनेको तपाईंको निजी सम्पत्ति हुन् । यदि तपाईंसँग कुनै विचार मिल्दैन भने पनि आफ्नी प्रेमिकाको विचारलाई जबर्जस्ति नै किन नहोस्, सम्मान गर्न सिक्नुहोस् । प्रेमिकालाई खुसी राख्न सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । यति गर्नुभयो भने तपाईं र तपाईंकी प्रेमिकाबीचको सम्बन्ध तपाईंले कहिल्यै नसोचेको जस्तो हुन्छ । सधैँ माया नै माया । 

ए प्रदेशी दशैं तिहार मनाउन आउनु ..

दशैँ तिहार को सम्झनामा हरेक प्रदेशमा बस्न बाध्य नेपाली दाजु भाई हरुको बेदना लाइ ध्यानमा राखी निर्माण गरिएको भिडियो जसमा स्वर छ बिष्णु माझी अनि ऋषि खड्का को एक पटक अबस्य हेर्नुहोला।

पिउन सके मिठो अमृत हो माया,


     #मुक्तक#

झुठो बाचाकसम मैले खाएको छैन।
कोहि कुनै यो जिबनमा आएको छैन।।
किन त्यसै बहकिन्छौ बस्तबिकता बुझ सानू
तिमिनै हौ जिबन अन्त माया लाएको छैन।।

मुटुमा तस्बिरहरु लुकाउन खोज्छौ।
गाजलु ती नजरहरु झुकाउन खोज्छौ।।
एकान्तमा भेटगर्दा नतमस्त हुँदै तिमी।।।
सामाजिक बन्धनहरु फुकाउन खोज्छौ।।।।

एउटा मिठो गीत गाउदैछु तिम्रो लागि।
मरुभूमि बलुवामा धाउदैछु तिम्रो लागि।।
भुल्न कहाँ सकिन्छर बाचाहरु टाढा हुदा।।।
दुईचार महिना पर्ख सानू आउदैछु तिम्रो लागि।।।।

पिउन सके मिठो अमृत हो माया,
गाउन सक्छौ मधुर गीत हो माया,
परिभाषा दिन्छन अनेक थरी उपनाम,
छुटाउदा नियतिले अतीत हो माया।।

Death & Life philosophy


We often take our lives for granted especially when we're young. We think we're going to live forever. But, from one moment to the next, nobody knows what will happen. A person could be alive & well one moment & dead the next, this shows the value of life & the uncertainties of death. Death is the "great unknown," & that's why it's so frightening. Also, we perceive the inevitability of death long before it happens, which can be worrying,even tormenting. This fear & suffering keeps us from thinking seriously about death as it impedes our happiness.We need to know how to do this, how to live in freedom, not being imprisoned by the future & not being carried away by things in the present. When we can live our daily life deeply & genuinely, we being to feel free & are able to live, we can see the true nature of life, we can arrive at a great freedom with in you & freedom is the  essence of happiness.

           All of us are equal as far as life & death are concerned, we are all going to die. So it is very equal, death will happen to everybody. Everyone has to die however, before we die, can we live properly? properly being living life & enjoying life, not being sucked in by your surroundings & thought. I am determined to live properly until I die. If we are going to die, then we have to live the best we can. If we don't live the best we can, why should we live? You are given an extraordinary thing, which is life, & you should use it fulfil  everything you desire, that is how life should be lived. The saying ,"To live well is to die well," takes on great meaning. if our life is filled with being caught in the restraints of pain & suffering, then our life doesn't have the same kind of meaning as if we live in freedom. Knowing that we have to die, i am determined to live my life properly, deeply. If we aren't  able to live with peace, joy, & freedom before we die, when we live as if we are dead already.

मेरो प्यारो गाउमा आउदै होला दशैँ

मेरो प्यारो गाउमा आउदै होला दशैँ
सुन्दर त्यो ठाउमा छाउदै होला दशैँ।।

बिरानो यो प्रदेशमा आज रुदैछु एक्लै
रमाइलो त्यो नाउमा गाउदै होला दशैँ।।

साथी भाइ रम्दै होलान चाड संगसंगै
सपनाको यो भाउमा आउदै होला दशैँ।।

गाउको त्यो खोलापाखा धाउदै होलि सानु
प्रिय त्यो मेरो गाउमा आउदै होला दशैँ।।

रमाउदै हास्दै गाउदै मनाउनु चाड
हाम्रो सुन्दर ठाउमा आउदै होला दशैँ।।

बाचे आउला अर्को साल मनाउन चाड
मायालुको गाउमा रमाउदै होला दशैँ।।

मेरो प्यारो गाउमा आउदै होला दशैँ
सुन्दर त्यो ठाउमा छाउदै होला दशैँ।।

हो म मायाको छुट्टै संसार बनाउँछु।

हो म मायाको छुट्टै संसार बनाउँछु।
बाआमा पुज्ने नयाँ संस्कार बनाउँछु।।
आफू जस्तै अरु सोचेरै बिग्रीए सारा।
त्यसैले म त महान् बिचार बनाउँछु।।
कति खेदो गर्छौ फनालो तिलानो भनी।
कुबिचारि पुर्न नै भड्खार बनाउँछु ।।
त्याग समर्पणका कुरा गर्छौ मायामा।
झुठो सत्य बुझ्न कारोबार बनाउँछु ।।
बिरह रेट्नु हुन्थ्यो सारङ्गीले हजुर बा। 
बिरह भुलाउने गितार बनाउँछु।।
कतै बिश्वास कतै घात यस्तै छ प्रेम।
नानू जित्छिन रे आफ्नु हार बनाउँछु ।।
यो दिल लिन दिन मिल्छ भने बस्तु झै।
दिलैको अब नयाँ ब्यापार बनाउँछु।।
पैसा ठुलो भन्दै नाता गोता भुल्यौ तिम्ले।
किन्न मिले माँ नाताको बजार बनाउँछु।।
जाइ जुइ् चमेली सजिन्न अब शिरमा।
त्यसैले लाली पोतो श्रृङ्गार बनाउँछु।।
लत्यायौ मायालु पाखे खाते भनी तिम्ले।
यो समाजमा छवि हुनहार बनाउँछु।।
परिक्षा यस्तो लियो नियतिले मसंग।
नातेदार ती सबै वारपार लगाउँछु।।
special thanks 
ritu aryal rajendra
From:Sindhupalchok Nepal