हो म मायाको छुट्टै संसार बनाउँछु।

हो म मायाको छुट्टै संसार बनाउँछु।
बाआमा पुज्ने नयाँ संस्कार बनाउँछु।।
आफू जस्तै अरु सोचेरै बिग्रीए सारा।
त्यसैले म त महान् बिचार बनाउँछु।।
कति खेदो गर्छौ फनालो तिलानो भनी।
कुबिचारि पुर्न नै भड्खार बनाउँछु ।।
त्याग समर्पणका कुरा गर्छौ मायामा।
झुठो सत्य बुझ्न कारोबार बनाउँछु ।।
बिरह रेट्नु हुन्थ्यो सारङ्गीले हजुर बा। 
बिरह भुलाउने गितार बनाउँछु।।
कतै बिश्वास कतै घात यस्तै छ प्रेम।
नानू जित्छिन रे आफ्नु हार बनाउँछु ।।
यो दिल लिन दिन मिल्छ भने बस्तु झै।
दिलैको अब नयाँ ब्यापार बनाउँछु।।
पैसा ठुलो भन्दै नाता गोता भुल्यौ तिम्ले।
किन्न मिले माँ नाताको बजार बनाउँछु।।
जाइ जुइ् चमेली सजिन्न अब शिरमा।
त्यसैले लाली पोतो श्रृङ्गार बनाउँछु।।
लत्यायौ मायालु पाखे खाते भनी तिम्ले।
यो समाजमा छवि हुनहार बनाउँछु।।
परिक्षा यस्तो लियो नियतिले मसंग।
नातेदार ती सबै वारपार लगाउँछु।।
special thanks 
ritu aryal rajendra
From:Sindhupalchok Nepal