प्रेम पनि कुनै बेला पिर बनेर आउछ।
भुल्न खोज्दा यादहरु तस्बिर बनेर आउछ।।
जता जाउ त्यहि आकृति गिज्याउन पुग्छ।
आत्मा त्यसै बेहोल हुदै स्थिर बनेर आउछ।।
नजर हरु निरास हुदै बर्साउन थाल्छ।
रुखो बचन मन घोच्न तिर बनेर आउछ।।
संयोगमा वारी-पारि देखा देख हुदा।।
त्यहि प्रेम दुइ मन बाध्ने जन्जिर बनेर आउछ।।
पिडा हुदा आशु झर्छ याद हरु गाठो परि।
पुग्दैन पाइला गन्तव्यमा स्थिर बनेर आउछ।।
प्रेम पनि कुनै बेला पिर बनेर आउछ।
भुल्न खोज्दा यादहरु तस्बिर बनेर आउछ।।