झर्दो रहेछ आफै आँशु आँखा बाट एक्लै विदेश मा !

Image result for foreign work
माया गर्छु भन्ने हरु छक्का दाउ हन्छन यहाँ!
आफ्नै माया ले आफ्नै मुटु जलाएर जान्छन यहाँ!!
बिचित्र यो संसार भेटिन्छन अनेकौ यात्रु हरु!
जुवाडेले कौडा हानेझैँ दाउमा पारेर जान्छन यहाँ!!
डाहिसमा झन्डी पाना भन्दै बट्टा मा हल्लाय झैँ गट्टी!
तेसै खेल झैँ कसै को जीवन हल्लायर जान्छन यहाँ!!
झुटो नाटक रची स्वथतामा लुटेर जान्छन कति!
आफ्नै माया बैगुनी भइ मनलाई भुटेर जान्छन यहाँ!!
आज भोलि संच छैन एकलो छु विदेशमा !
आफ्नो कोहि हुन्न एकलो छु विदेश मा !!
छैटौदिनमा के लेख्यो पापी भगवान ले!
आफन्ता लाई छोडी बस्नु पर्ने एकलो विदेश मा!!
हिजो आज यो मन किन अलि हरेस खाछ.!
कति पिडा सहनु पर्ने रैछ एक्लै विदेश मा!!
घर सम्झी मन पोल्छ चार्ड पर्व आउदा!                                                                                                                  झर्दो रहेछ आफै आँशु आँखा बाट एक्लै विदेश मा!!