शान्ती निकाश को लागि आउदै छ नयाँ शक्ति

हर युवको मनमा छाउदै छ नयाँ शक्ति।
शान्ती निकाश को लागि आउदै छ नयाँ शक्ति।।
हे नेपाल आमा सुखको सास फेर्न पाउछौ अब।
देश बिकाश को लागि आउदै छ नयाँ शक्ति।।
नरोउ तिमी नरोउ नेपाल आमा अब ।
धैर्य गर सपुत तिम्रो आउदैछ नयाँ शक्ति ।।
आँखा तिम्रा रसाए भएनन बुझ्ने कोहि।
आँसु पुछ्न तिम्रो आउदै छ नयाँ शक्ति।।
छोड्दैनौ आश छोड्छौ गाँस तिम्रो लागि ।
बनाउन तिम्लाई आउदै छ नयाँ शक्ति।।
बन्दुक होईन कलमले ल्याउछौ बिचार यहाँ ।
शान्ती छर्न आगनमा आउदै छ नयाँ शक्ति।।
हृदयमा तिम्रो माया राखी दिन रात नभनी।
बदल्न तिम्लाई मतृभुमि आउदै छ नयाँ शक्ति।।
हर युवको मनमा छाउदै छ नयाँ शक्ति।
शान्ती निकाश को लागि आउदै छ नयाँ शक्ति।।