पुरानो त्यो मिठो माया याद आएर रोए।।

नाता साइनो बिगतको याद आएर रोए।
पुरानो त्यो मिठो माया याद आएर रोए।।

साथमा थियौ सन्सार मेरो लागि तिमी।

तिम्रो मेरो सम्बन्ध छुटेको याद आएर रोए।।

सम्झनामा आउछौ सधै तिमी मेरो।
साइनो तिमिले तोडेको याद आएर रोए।।


समाजमा कुरा चल्थ्यो तिम्रो अनि मेरो।
दुनियाले गलत अर्थ लगएको याद आएर रोए।।


झस्काउछौ निदरिमा आउदै तिमी।
खुशी हुँदै मुस्कुराएको याद आएर रोए।।


छुन्थे तिम्रा मायालु नजरले मलाइ जैले ।
अँखा तरि बाटो लगेको याद आएर रोए।।


नाता साइनो बिगतको याद आएर रोए।
पुरानो त्यो मिठो माया याद आएर रोए।।