पिउन सके मिठो अमृत हो माया,


     #मुक्तक#

झुठो बाचाकसम मैले खाएको छैन।
कोहि कुनै यो जिबनमा आएको छैन।।
किन त्यसै बहकिन्छौ बस्तबिकता बुझ सानू
तिमिनै हौ जिबन अन्त माया लाएको छैन।।

मुटुमा तस्बिरहरु लुकाउन खोज्छौ।
गाजलु ती नजरहरु झुकाउन खोज्छौ।।
एकान्तमा भेटगर्दा नतमस्त हुँदै तिमी।।।
सामाजिक बन्धनहरु फुकाउन खोज्छौ।।।।

एउटा मिठो गीत गाउदैछु तिम्रो लागि।
मरुभूमि बलुवामा धाउदैछु तिम्रो लागि।।
भुल्न कहाँ सकिन्छर बाचाहरु टाढा हुदा।।।
दुईचार महिना पर्ख सानू आउदैछु तिम्रो लागि।।।।

पिउन सके मिठो अमृत हो माया,
गाउन सक्छौ मधुर गीत हो माया,
परिभाषा दिन्छन अनेक थरी उपनाम,
छुटाउदा नियतिले अतीत हो माया।।