तिमि मुस्कुराउनु म गाउदै जान्छु

तन मन अनि बदनमा छौ तिमि 
घायल यो मनलाई सम्हाल्ने छौ तिमि 
पाउछ होला शुख अब यो मनले मेरो 
सपना छोडी अब बिपनिमा छौ तिमि 

हशो अनि खुशीको संसार हो 
नाता अनि गोताको बहार हो 
तिमि मुस्कुराउनु म गाउदै जान्छु 
जिन्दगीमा तिमिनै जिउने आधार हो