के हुन्छ देशमा फेरी

बिकाश गर्छु भनिकन सबै लुट्नै आएका थिए 
आएको अनुदान पनि सबै आफ्नै कब्जामा लिए 
भएको देशको सम्पति सबै एकै बोरामा सिए 
जनामा पनि छैन यहाँ उनले हुस्की मजाले पिए 

छ जान्ने इच्छा अब जनमा के हुन्छ देशमा फेरी
 
आउन सम्भब छ हामी नजागे देशको सिमाना भेरी 
बस्नु कायरता हो यहाँ अब हामी देश रोएको हेरी 
पुग्छ सिमाना जाग्न सके युवा फेरी कांगडा नेरी 

बस्दा खेरि गुपचुप सबै यहाँ खोशिने होकी बास 
पत्थरको मुटु भएका हरुले यहाँ कति बिछाए लास 
भोका नांगा बसिकाना हामी यहाँ छोडेर भानि गास 
राख्नु छ साहश देशको निम्ति यहाँ नमारिकन आश