स्कुले जिवन आँउछ अब कहिले हाम्रोे !!!

स्कुल नजान बहाना बनाउने समय आँउछ अब कहिले हाम्रो 
खाजा  बाँडेर खाने  समय  आँउछ  अब  कहिले  हाम्रोे 

पाँच   पाँच   रुपैयाको   थियो   महत्व   ठुलो 
त्यस्तो वनभोज खाने समय आँउछ अब कहिले हाम्रो 

परिक्षाको  परिणाम  हेर्न  हुन्थ्यो  साह्र्रै  गाह्रो
नयाँ किताबको बास्ना लिने समय आँउछ अब कहिले हाम्रो 

जति गल्ति गरे पनि बचाउथ्यौ साथीहरुलाई 
एक आर्काको लागी सजाय खाने समय आँउछ अब कहिले हाम्रो
लास्ट  बेन्चमा  बसेर  गरिन्थ्यो  हल्ला चर्को  चर्को 
सरले  कान  बटार्ने  समय  आँउछ  अब  कहिले  हाम्रो 

स्कुल नजान बहाना बनाउने समय आँउछ अब कहिले हाम्रो 
खाजा  बाँडेर  खाने  समय  आँउछ  अब  कहिले  हाम्रो

Ramesh Kc
From:- Nawalparasi nepal
Blog:http://www.raameshkc.blogspot.com