सच्चाई लाइ नै झड्का मार्ने बिजुलीको तार रहेछ

धन कमाउने सपना बोकेको थिए परदेश
पिडा र पसिनाको बार रहेछ। 
सफलताको कामना बोकेको थिए परदेश 
आफुलाई नै बेचिने शहर रहेछ।।
जिन्दगीको खुशी सोचेको थिए परदेश 
जिन्दगीलाई नै पार लाउदो रहेछ।।।

सच्चाइको चाहना थियो परदेश
सच्चाई लाइ नै झड्का मार्ने बिजुलीको तार रहेछ।।।।
धेरै बगाए पसिना बिदेशी भूमिमा 
अब फर्की स्वदेशमा नै केहि गर्नु छ। 
मलाई रहर छैन बस्न कुवेतको खाडीमा 
अब देशको माटोमा मर्नु।।

हिडियो हजुर प्रदेशतिर
घरबारी सबै बन्धकी दिएर। 
लागिन्छा हजुर डियुटी तिर बिहानै 
खाली पेटमा एक मुठी पानि पिएर।।

नुवाकोट नेपाल